Nepal American Center

Read my Story ! – Ashok Shrestha

Date February 6, 2020 Admin by nacweb

सिकागोमा रहनु हुने उपस्थित सबै नेपाली दाजुभाइ दिदिबहिनीहरु तथा अमेरिकी एबं बिदेशि मित्रहरु नमस्कार । यहाँ म मेरो हालको अवस्था र साथै आफ्नो छोटो परिचय दिन अनुमति चाहन्छु । यदि यहाहरु मध्ये कसैलाइ बिस्तृत विवरण चाहनु भएमा फेसबुक/युट्युबमा मेरो नाम Ashok Shrestha बाट पुरानो भिडियोमा हेर्नू सक्नुहुनेछ । म नेपालमा धोबिघाट ललितपुर मा डेरामा बस्दै आएको थिए । मेरो जन्म 1960 मा बारामा भएको हो । मेरो जन्मदा तपाहरुजस्तै एकदम नर्मल थिए । मेरो बुबा तत्कालीन कृषि डाइरेक्टर हुनुहुन्थ्यो । काठमाडौ मा घर थियो । मैले एकाउन्टमा मास्टर सम्म कम्ल्पिट गर्न अबसरको पाएको थिए। स्वास्थ समन्धमा अब यो ट्युमर सन्दर्भ कुरा गर्दा म जन्मदा एकदम नर्मल थिए, तपाइहरु जस्तै । पछि दायाँ आखाको मथिल्लो भाग केही थोरै बढेको देखियो र सानै हुदा पहिलो अपरेसनबाट नर्मल गर्न कोसिस गरियो । यो बेला मलाइ थाहा भएन । त्यसपछी स्कुल पढ्दा पढ्दै केही भाग छोपिएकोले करिब 12/13 बर्षको हुदा वीर हस्पिटलमा बेलायती डाक्टरबाट दोस्रो अपरेसन गरि ल्याबटेष्ट गर्न बेलायत पठाएको थियो । त्यहाबाट यो neurofibromatosis [NF 1] थाहा भयो । यसैक्रममा क्याम्पस पुग्दासम्म पुग्दासम्म 3/4 अपरेसन patna मा गरियो । नतिजा झन झन बढेर डरलाग्दो अबस्था पुगियो । यस बिच बुबाको हार्ट एटेक बाट बित्नु र आमा ब्रेन ह्याम्रेजबाट प्यारालिसिस भएको जिम्मेवारी आफू माथी आयो । मेरो फेसकै कारण समाज अनेक दुस व्यबहार हैरानीसंग सधै फेस गरि राख्नु परेको र कुनै काम नपाउनु कारण आमाको 10 बर्षसम्म महङ्गो उपचारको कारण दिनहु समस्या हुँदै जादा घर पनि गयो, बिचियो घर बिहिन हुन पुगियो । आखिर आमा पनि बित्नु भयो । त्यसपछी डेरा गरि बस्न डेरै नदिने अनेक हैरानी र समस्या दिन प्रती दिन बढ्दै गयो । नखाइ क पनि बसियो पानी र भात मात्र पनि खाइयो । तर पनि मेरो उपचार गराइ दिन कतै सहयोग मागिएन । तर एकदिन मेरो उपचार गरि दिने नाममा कसैले अरुबाट पैसा उठाएको थाहा पाए त्यस्ले मन रुवायो निकै असहिय पिडा भयो । त्यसपछि हाम्रो समाजमा गरिने अक्षम्य व्यवहार र यस किसिमको ठगीले पराकास्ट भएबाट म एक मिनेट पनि नेपाल मै बस्न मन गरिन, र म आफैले गुगलबाट सर्च गर्दै हस्पिटल पत्ता लगाए र फण्डको लागि म अफैले अपिल गरे । अपिले गरेको भिडियो अपलोड हुने बितिकै बेलायतबाट नेपाली चेलीले तुरुन्तै फन्ड रेज गर्न थालिन र 24 घन्टा नबित्दै धेरै देशबाट धेरै नेपाली दाजुभाइ दिदिबहिली फोन कल आउन थाल्यो र फन्ड कलेक्सन भयो र यहाँ आयो । यहाँ पुग्दा टेकराज पौडेल सर र टिएन भण्डारि सरबाट स्वागत भयो र पछि टेकराज सरको पहलमा करिब 3800$ फन्ड र नेवा अमेरिकन डबु बाट उदय महर्जन मार्फत करिब 800 $ उठाउनु भएको थियो । नेपालमा हुदा 25/30 हजार $ उठेको थियो जसमध्ये केही उधारो ऋण तिरेर यहाँ आएको थिए । यहाँ आउदा हस्पिटल ले तीन गुणा पैसा बढाए पछि मेरो अपरेसन गर्ने अवस्था थिएन । तर मेरो अमेरिकी साथी हरुको सहयोगबाट ५ ओटा अपरेसन गरेर आज यो अबस्थामा पुगे । आज 80% ट्युमर काटेको अवस्था छ । अहिलेको अबस्था र समस्या अपरेसन पछाडि मेरो स्वास्थ समस्याको हकमा मेरो आंखाको ठूलो समस्या देखियो । मेरो आँखा काम नलाग्ने हुनाले नक्कली आँखा राखेको छ जुन नअडिएर तुरुन्तका तुरुन्तै खसी रहने समस्याले म आजित भएको थिए । तर अहिले पांचौ अपरेसन पछि यो आँखा खस्ने समस्या हाल हटेको छ । तर पनि डाक्टरको भनाइ मा आंखालाइ चारै तिर मासु समात्नु पर्नेमा अझै केही भागमा मासुले छोडेकोले फेरि समस्या आउन सक्ने भएकोले आखा क्लिनिक मा गएर फेरि मोडिफाइ गर्न भनेको छ । त्यस पछि सायद एउटा आंखको र त्यस पछि चिंउदो गालाको अपरेसन हुनेछ । हाल आंखाको 2000$ तिर्न बांकी छ । त्यसपछि अर्को अपरेसन गराउन त बांकी नै छ । यस बाहेक आजसम्म सिकागोमा केवल एकजना राजेस कर्नाचार्य सरबाट हालसम्म घर दिनु भइ ठूलो सहयोग गर्नु भएकोछ । उहालाइ मबाट ठूलो बोझ भएको छ । प्रत्येक महिना भाडा थपिदै जादा एकजनालाइ ठूलो भार परेको छ । यसले मलाइ निकै पिरोलेको छ । अर्को तर्फ दैनिकी खर्च- खाना, बसट्रेन मोबाइल । अहिले सम्म सरसापट गरि एक छाक खाएर बिताएको छु । कामको लागि केही संग कुरा गरेको थिए । तर म अपरेसनको अबस्थामा रहेको र काम गर्न पाउने कुनै पत्र र सेक्युरिटी नम्बर नभएका कारण बिगत 2 बर्षसम्म काम खोज्न सक्ने अवस्था थिएन । अहिले 2 महिना अगाडि वर्क अथोरिटी र सेक्युरिटी नम्बर पाए । अहिले भर्खरै केही हप्ता अगाडि मात्र पांचौ अपरेसन सकेको छ र अब कामको खोजिमा छु । आग्रह। मैले माथी निबेदन गराए अनुसार मेरो अहिले दैनिकी खर्च र ऋण रहेको र केवल एकजना राजेस सरको काँधमा घर भाडा बोझ परेकोले सबैबाट सक्दो सेयर गरिदिनु भएमा हार्दिक अनुग्रह हुने थिए । साथै कामको लागि यहाहरुको ब्यबसाय वा कतै काममा राखी दिनमा सहयोग भएमा मलाइ जिबिका सजिलो हुने थियो । यहाहरुले सायद महसुस गर्न सक्नु हुनेछ कि अझै मेरो यो फेसका कारण सायद काम पाउन गाह्रो हुन सक्छ । जुन मलाई नराम्रो फिलिङग लागिरहेको छ । किन फेसका कारण मानिसमा अरु सरह पब्लिकसंग डाइरेक्ट रिलेसन हुने कामबाट वा भित्री काम समेत दिन गाह्रो मान्ने होला भनेर निकै नराम्रो फिलिङ हुन्छ दुख लाग्छ । अन्तमा म यस कार्यक्रम गरेर सहयोगको लागि सक्रिय भुमिका निभाउनु हुने किरण ब्यञ्जनकार भाइ र हिमालयन रेस्टुरेन्टका समस्त सबै परिवारहरुलाई विशेष धन्यवाद दिदै समस्त सहयोगि दाताहरु एबं शुभ चिन्तकहरु सबै लाई धन्यवाद दिन चाहन्छु । साथै यो पनि निबेदन गर्छु कि मलाइ काम पाउन समस्या हुन सक्ने वा पाए पनि भबिष्य जिबिका गर्न गाह्रो हुने हुदा म पुन: बिश्वभर सबै दाताहरु समक्ष पहिले जस्तै सहयोगकालागी अपिल गर्न भिडियो अपलोड गर्दैछु । यसको लागि कति को ठिक वा बेठिक होला यहाहरुको अमुल्य सुझावको समेत आशा र पर्खाइ मा छु । सबैको शुभ रहोस । अशोक श्रेष्ठ ३७११ N kedzie ave Chicago, IL 60618 mobile : 773.289.7015

//
Thank you for the Cheque payment please contact us for more information : info@nepaliamericancenter.org
x